शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल मोडेल स्कुलमा विज्ञान प्रदर्शनी तथा चित्रकला प्रदर्शनी

सोमबार, ०३ फागुन २०७२, १० : २०
सोमबार, ०३ फागुन २०७२

काठमाडौं –फागुन २ र ३ गते वसुन्धरा स्थित नेपाल मोडेल स्कुलले चौथो नेपाल मोडेल विज्ञान प्रदर्शनी तथा चित्रकला प्रदर्शनीको आयोजना गर्यो । उक्त प्रदर्शनीमा नेपाल मोडेल स्कुलको कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले ३० वटा स्टिलहरूमा विज्ञानका विभिन्न प्रयोगहरू देखाएका छन् । विज्ञान प्रदर्शनीमा हाइड्रोलिक ब्रिज, सोलार कार, अर्थक्वेक अलार्म, ट्रली बस, मोबाइल चार्जिङ लाइट, रोबोट स्नेक, बेल गेम, क्यानन आदिको प्रयोगात्मक प्रदर्शनी गरियो ।

त्यसै गरी नेपाल मोडल स्कुलका २० जना विद्यार्थीहरूले तयार पारेका २९ वटा चित्रकलाहरू पनि प्रदर्शनीमा राखिएका थिए । विज्ञान प्रदर्शनीको संयोजन विद्यालयका अध्यक्ष तथा विज्ञान शिक्षक प्रदीप न्यौपानेले तथा चित्रकला प्रदर्शनीको संयोजन चित्रकला शिक्षक तथा चर्चित कलाकार रमेश कुँवरले गर्नुभएको थियो । उक्त प्रदर्शनीको उद्घाटन त्रि. वि. का भौतिक शास्त्रका प्राध्यापक डा. प्रदीप कुमार भट्टराईले पानसमा बत्ती बालेर तथा बेलुन उडाएर रोचक किसिमले गरेका थिए । । उक्त प्रदर्शनीहरूमा काठमाडौँ उपत्यकाका २९ वटा विद्यालयका करिब ३००० जना विद्यार्थी, करिब २३० शिक्षक तथा धेरै अभिभावकहरूले अवलोकन गरेका थिए । 

 हरेक विषयका विशेषज्ञ, प्रशिक्षक, पाठ्य, पुस्तक लेखक, अनुभवी शिक्षकहरूद्वारा विगत ५ वर्षदेखि सञ्चालन गरिँदै आएको नेपाल मोडेल स्कुल अब्बल पठनपाठन र अतिरिक्त क्रियाकलापहरूको सञ्चालनको कारण यस क्षेत्रको एक उदयीमान शैक्षिक संस्था हुन पुगेको दाबी विद्यालयका भाइस प्रिन्सिपल युक्त नारायण अर्यालले गरेका थिए ।  । नेपाल मोडेल स्कुलले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको विज्ञान प्रदर्शनी र चित्रकला प्रदर्शनी यसपाली चौथो हो । यस प्रदर्शनीमा कान्तिपुर डेन्टल एन्ड जनरल हस्पिटलको सहयोगमा नि ःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप