शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

निजी विद्यालयहरुप्रति राज्यको दृष्टि नकारात्मक

मङ्गलबार, २६ माघ २०७२, १७ : २३
मङ्गलबार, २६ माघ २०७२

काठमाडौं–सरकारले व्यवस्थित गर्ने नाउँमा संस्थागत विद्यालयमा गरिएको लगानी धराशायी बनाउन विभिन्न प्रयासहरु गरिरहेकोे बताउँदै सम्बद्ध व्यक्तिहरुले यसबाट निजी विद्यालय संचालन असहज बन्दै गएको धारणा अघि सारेका छन् ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ललितपुर जिल्ला समितिको मंगलबार आयोजित जिल्ला भेला र चौथौं वार्षिक साधारण सभाका सहभागी वक्ताहरुले सो धारणा अघि सारेका हुन् । उनीहरुले संस्थागत विद्यालयप्रति राज्यको नकारात्मक सोचाई रहेकोले त्यसलाई सच्याउन पनि माग गरे । सरकारले गर्न खोजेको शुल्क निर्धारणले निजी विद्यालयमा गरिएको अरबौंको लगानी दुई चार वर्षमा नै डुब्न सक्ने खतरा रहेको पनि उनीहरुको धारणा रहेको छ । एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले सरकारले शुल्क घटाउने वा विभिन्न ऐन नियम ल्याएर संस्थागत विद्यालयहरुमा गरिएको लगानी डुबाउन खोजेको बताउँदै निजी विद्यालयहरु पीरमर्का बुझ्न आग्रह गरे । उहाँले राज्यमा शिक्षाको स्तर बढाउन निजी विद्यालयहरुले पु¥याएको योगदानलाई आत्मसात गरेर नै निजी विद्यालयहरु र राज्यको सहकार्य सकारात्मक र परिणाममुखी हुने पनि अध्यक्ष शाहीको भनाई रहेको छ । नेशनल प्याब्सन ललितपुर जिल्ला समितिका अध्यक्ष राजेश महर्जनले मुलुकमा चाहेपनि नचाहेर पनि दुई किसिमको शिक्षा प्रणाली भइसकेको स्थितिमा मुलुक शिक्षाको स्तर विकास गर्न निजी विद्यालयहरु कसरी समाहित गर्ने विषयमा राज्यको ध्यान जानु जरुरी रहेको बताए । अध्यक्ष महर्जनले सानो संख्यामा गठन भएको नेशनल प्याब्सन जिल्ला समितिको निरन्तर सक्रियता कारण क्रमशः संगठन विस्तार हुँदै गएको जनाउँदै सबैसंग सहकार्य गरेर शिक्षा क्षेत्रको विकासको लागि प्रतिबद्ध रहने बताए । विभिन्न विधालयहरुको तर्फबाट सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको सो कार्यक्रममा नेशनल प्याब्सन वाग्मती अञ्चका इन्चार्ज विक्रम धुकुछु,नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष लक्ष्मण विष्ट,काठमाडौं जिल्ला अध्यक्ष सिबि अधिकारी,ललितपुर जिल्ला प्याब्सनका अध्यक्ष शिव कार्की लगायतले निजी विद्यालय सञ्चालनको चुनौती र अवसरका विषयमा गम्भीर भएर छलफल गर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा रराखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप