बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरगोठ जलेर खरानी, दश लाखको क्षति

शुक्रबार, २८ पुस २०७४, ०८ : २१
शुक्रबार, २८ पुस २०७४

कपिलवस्तु - यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुदाँ दश लाख भन्दा बढीको क्षति भएको छ । 

विजयनगर गाउँपालिका–६ छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईबस्तुलाई तातो बनाउनका लागी बालिएको आगो एक्कासी गोठमा सल्किदा फुरले छाएको कच्ची गोठ, गोठमा रहेका १३ aबाख्रा, ८ वटा कुखुरा जलेर नष्ट भएका छन् । साथै ४ वटा गाई गोरु समेत जलेर घाईते भएका छन् ।

विकको घर, गोठ र चौपया जलेर नष्ट हुदाँ ५ लाख २ हजार भन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिम बहादुर घर्तीले जानकारी दिए । यस्तै शिवराज नगरपालीका–३ मधवाका राम प्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्किदा फुसले छाएको २ तले घर र गोठ जलेर खरानी भएको छ ।

साथै गोठमा भएको गोरु र ५ वटा बाख्रा पनि जलेर मरेका छन् भने एउटा गाई जलेर घाईते भएको छ । 

आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा चौपाया  नष्ट हुदाँ पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 

दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।  आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप