शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एवटै वडामा एकै पार्टीका तीन महिला सांसद

बुधबार, २६ पुस २०७४, ०८ : ३५
बुधबार, २६ पुस २०७४

कपिलवस्तु - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ  प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदेशसभा सदस्य चयन गरेकोे हो ।  तीनैजनाको घर कपिलवस्तु नगरपालिकाकै वडा नम्बर–१ मा पर्दछ । प्रदेशसभा सदस्य रिना नेपाल विक, शान्तिदेवी वर्मा सोनार र रुन्धावती दुवे शर्मा वडा नं १ कै वासिन्दा हुन् ।

जसमध्ये दुईजना कपिलवस्तु नगरपालिका–१ हाटबजारका हुन भने एकजना कालीमाई मन्दिर चोककी हुन् । उनिहरु मध्ये रिना दलितबाट, शान्तिदेवी अल्पसंख्यकबाट र रुन्धावती मधेसी महिला कोटाबाट चुनिएका हुन् ।

समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरिसकेकी ४० वर्षीया रिनाले जिल्लामा विभिन्न संघ–संस्थामा आवद्ध रहेर काम गर्दै आएकी छन् । उनले प्रदेश सांसद बन्नुपूर्व पनि पछाडि पारिएका समुदायका लागि काम गरेकाले अब अझै बढी सक्रिय हुने प्रतिवद्धता जनाएकी  छन् ।

त्यस्तै शान्तिदेवी र रुन्धावतीले अशिक्षित र पिछडिएको महिलाको हक हितका लागि काम गर्ने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप