शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

आफन्तीका कथा

शुक्रबार, ०६ कात्तिक २०७२, १२ : ०२
शुक्रबार, ०६ कात्तिक २०७२

नसरुद्दीन आफन्ती एक लोकप्रिय कथा नायक हो । आफन्तीका नाममा थुप्रै कथाहरु कथिएका छन् । यहाँ चीनका उइगुर जातीय लोक साहित्यबाट आफन्तीका चार कथाहरु छानिएका छन् । चारमध्ये तीनवटा कथा त अति छोटा छन् र चौथो पनि त्यति लामो छैन । कथाहरु अलि सामान्य र मनोरञ्जक जस्ता छन् तर पनि अर्थहीन छैनन् । यी कथाहरु छान्ने र यहाँ यसरी पस्कने काम शारदारमण नेपालले गर्नुभएको हो ।

आफन्ती तेल

आफन्तीको पूरा नाम नसरुद्दीन आफन्ती थियो । उसलाई त्यस बेलाका मानिसहरु बडो बुद्धिमान् ठान्थे । उसकी श्रीमती भने उसलाई साँच्चिकै मुर्ख स्वाँठ ठान्थी । एकदिन छिमेकी सबै मिलेर आफन्तीकी श्रीमती कहाँ गए र भने – “भाउजु, तपाई आफन्ती दाइलाई सधैं मूर्ख स्वाँट भन्नु हुन्छ । वहाँले के चाहि त्यस्तो काम गर्नुभयो, भन्नुहोस् त !”

“न सोध्नुस्, आफन्तीका मूर्खताका कुरा कति छन् कति ! एक दुइटा मात्र भए पो भन्नु ।” आफन्तीका श्रीमतीले भनिन् – “म तपाईंलाई सानो एउटा घटना सुनाउँछु अनि तपाईंहरु मेरो श्रीमान् कतिसम्मको मूर्ख रहेछ भन्ने कुरा आफैं थाहा पाउनु हुन्छ ।”

“ठिक छ, तपाई सबुत प्रमाणै दिएर आफन्तीलाई मूर्ख साबित गर्नुस् न अनि हामी पनि तपाईंका कुरामा विश्वास गरौंला ।” छिमेकीहरुले भने ।

नसरुद्दीनकी श्रीमतीले भनिन्–

आफन्ती लामो यात्रापछि घर फर्केका थिए । म धेरैजसो उनलाई झपार्ने गर्थे । मैले भनें– घरबाट टाढिएर कति बस्न सक्या ? चाहिँदो नचाहिँदो गफ गरेर बस्या होला

हैन ? साथीहरुसित सिंहजसरी गर्जेर बोल्ने नसरुद्दीन मेरो अगाडि लुपुक्क पर्यो र भन्यो– म यसपालि धेरै चाँडो फर्केको हुँ नि ! यो सबै तिम्रो मायाले हो मैना !

नसरुद्दीनको नरम कुरा सुनेपछि यस पटक मेरो रिस तत्काल शान्त भयो । सोचें– अहा ! मेरो लोग्ने कति

सोझो ? कति जाती ? ! ! मैले लोग्ने त गजबकै पाएको हूँ बा !

एकछिन खुसी हुँन भ्याएको थिइनँ, नसरुद्दीनको गतिविधि र व्यवहारले मलाई तत्काल भ्mवाँक चल्यो । नसरुद्दीन त्यतिखेरै कुनै मान्छेको जिम्मा लिएको काम सम्झेर होला, टोलाएर सोच्न थालिसकेको थियो । मेरो कुरा त सुन्या नसुन्यै गर्यो । यो राम्रो लक्षण होइन

त ! मैले मनमनै विचार गरें – अब यो मान्छे फेरि घरबाट निस्कने छाँट छ, निस्केपछि फर्कने कहिले हो कहिले ! यसलाई म एउटा काम लगाएर अल्झाउँछु ! मैले मनमनै विचार गरें ।

एउटा कचौरा र अलिकति पैसा हातमा राखिदिएँ र भनें– पसलबाट तेल ल्याइ दिनुस् त ! भान्छामा आज एकथोपा तेल छैन ! हुन पनि त्यसदिन तेल सकिएको थियो । म नसरुद्दीनको ध्यान अन्यन्त्र लगाएर बाहिर जानबाट उसलाई रोक्न चाहन्थें । ऊ भने त्यसदिन पनि आप्mनै जिम्माको कामका विषयमा सोच्दै हिँडेछ । पसल आइपुग्यो । पैसा दिएर तेल थाप्यो । पसलेले तेल राखिदियो कचौरा टन्नै भरियो । नसरुद्दीनलाई कचौरा भरिएको पनि थाहै भएन । पसलेले सोध्यो– तेल अटाएन  त ! बाँकी तेल केमा राखिदिऊँ ?

नसरुद्दीनसित अर्को भाँडो थिएन । यसैले उसले हतारमाकचौरा उल्टाएर पिधँको बैठक थाप्दै भन्यो– ल यसैमा राखिदिनुहोस् । यसो गर्दा कचौराको तेल सबै भुइँमा छताछुल्ल पोखियो । त्यहाँ वरपर भएकाहरु गललल हाँसे । तर आप्mनो विचारमा डुबेको नसरुद्दीनले केही पत्तो पाएन । कचौराको पिधँको घेरो देखाउँदै पसलेसित भन्यो – किन नराख्या ? राखिद्यौं न तेल ? पसलेले बाँकी तेल त्यसैमा राखिदियो । नसरुद्दीन यसरी कचौराको बैठकमा २÷४ चम्चा तेल लिएर घर आयो । मैले आश्चर्य मानेर सोधें – मैले दिएको पैसाको तेल यति मात्रै हो त ? हैन हैन, बाँकी तेल कचौराको अर्कापट्टि छ । यसो भन्दै नसरुद्दीनले कचौरा सुल्ट्यायो ।

यो सुन्नासाथ छिमेकीहरु हाँसोले लुटुपुटु भए । नसरुद्दीनकी श्रीमतीले आप्mना कुरामा जोड दिने मौका यही हो भन्ने ठानेर भनी – ल, तपाईंहरु नै भन्नुहोस् त नसरुद्दीन जस्तो स्वाँठ मान्छे जगत् संसारमा अरु कोही हुनसक्छ ?

छिमेकीहरु तै पनि नसरुद्दीनकी श्रीमतीका कुरासित सहमत भएनन् । उनीहरुलाई लाग्यो– यसमा नसरुद्दीनको दिमागी उल्झनको कुनै कारण रहेको हुनुपर्छ । तेल पोखिएको यत्ति घटनाले नसरुद्दीनलाई स्वाँठ भन्न किमार्थ मिल्दैन । उसको दिमाग पक्कै पनि कुनै न कुनै मानिसको गम्भीर समस्यामा उल्झिएको हँदो हो ।

छिमेकी मध्येको एकजनाले भन्यो – तपाईंले आप्mनो श्रीमान्लाई त्यतिबेला तपाईंको दिमागमा कतै कसैको समस्या सुल्झाउने सम्बन्धमा सोचविचार चलिरहेको थियो कि भनेर सोध्नुभएन त ? अर्कोले भन्यो– यो तेलको कुराकै भरमा तपाईं ठीक  र तपाईंको श्रीमान् गलत हुन् भन्ने निक्यौंल निकाल्न त हामी सक्दैनौं है !

श्रीमती नसरुद्दीनले छिमेकीहरु–सित बढी बहस गर्नु उचित ठानिन् । उसले मनमनै सोची– मेरो लोग्ने कस्तो स्वाँठ छ भन्ने कुरा मलाई जति यिनीहरुलाई के थाहा ?

घरमा ऊ आफन्तीलाई जहिले पनि जंगली चरो भनेर बोलाउँथी । कुरा कहिल्यै मिल्दैनथ्यो । तर पनि अरुले नसरुद्दीनका बुद्धिको प्रशंसा गरेको सुन्दा भने मनैमन मक्ख पर्थी ।

बुद्धि भने पानीमा हामफाल !

जाडोको दिन थियो । गधाको पिठ्यूँमा दाउरा लादेर आफन्ती घर फर्किरहेको थियो । चौतर्फी सिरेटोले खपी नसक्नु जाडो लाग्न थाल्यो । आफन्तीलाई गधाको पीर लाग्यो । बिचरालाई कति जाडो लाग्या होला ! मैले यसको पिठ्यूँको दाउरामा आगो सल्काइ दिएँ भने त त्यसको रापले यसलाई न्यानो हुन्छ । यस्तै सोच्दै आफन्तीले सलाई घोट्यो

र दाउरामा आगो सल्कायो । सल्लाको दाउरा त्यो पनि राम्ररी सुकेको, त्यसमा आगो नसल्किने कुरै थिएन । आगो दनदनी बल्न थाल्यो । गधा करायो र फालछोडेर दर्गुन थाल्यो । आफन्ती पनि गधाको पछिपछि दगुर्यो । उसलाई डर लाग्यो र अत्यासमा कराउन थाल्यो “ए, गधा, तँसित बुद्धि–छ भने तँ अब तुरुन्त पानीमा फाल हाल् ! बगरमा ओर्ली र नदीमा हाम फाल ।”

झोलामा सुरक्षित पुच्छर

आफन्ती आप्mनो गधा बेच्न बजारतिर गइरहेको थियो । बाटोमा कताकता के के लोपरिएर गधाको पुच्छर नराम्ररी मैलिइयो । आफन्तीले मनैमन सोच्यो– यसको यो फोहर पुच्छर देखेर गाहाकीलाई किन्नै मन लागेन भने के गर्ने ? फसाद पर्न सक्छ । बरु यसको यो पुच्छर काटेर झोलामा राख्नु पर्यो । आफन्तीले तुरुन्तै खुकुरी निकालेर पुच्छर च्वाट्ट काट्यो र झोलामा राख्यो ।

 बजार आइपुग्यो । गाहाकीले गधामा आँखा लगायो – गधा त बडो मज्जाको रहेछ ल ! गाहाकीले भन्यो – तर खै यसको पुच्छर रहेनछ नि ! कस्तो बोर !

   यो सुनेर आफन्तीले तुरुन्तै भन्यो – ए दाइ, तपाईँलाई गधा मनपर्यो कति पैसा दिने ? ल भन्नुहोस् – त्यो पुच्छरको त के कुरा भो र ? पुच्छर मैले झोलामा सुरक्षित राख्या छु नि !

सुनको औंठी

एक पटक आफन्तीको एकजना साथी व्यापारको सिलसिलामा लामो यात्रामा जाँदै थियो । विदा हुन आफन्ती कहाँ आयो । उसले आफन्तीका औंलामा सुनको औंठी देख्यो । औठी झल्ल परेको बडो आकर्षक थियो । व्यापारी मित्रको मनमा लोभ जाग्यो । उनले मनमनै योजना बुन्यो र भन्यो– आफन्ती जी, यति लामो समयसम्म तपाईंबाट टाढा बसेर कसरी सहन सकिएला र खै ? म त साह्रै हैरान हुन्छु होला । टाढा भएपछि तपाईंको सम्झनाले मलाई दिनरात सताउँछ होला । बरु सम्झेको बेला यस्सो हेरेर चित्त बुझाउन मलाई तपाईंको त्यो औंठी दिनुहोस् । औठी साथमा भयो भने सम्झना आउनेबित्तिकै औंठी हेर्छु, अनि मलाई तपाईं आपूmसंगै भएजस्तो लाग्छ । अनि चित्त बुझाउन सजिलो हुन्छ ।

 आफन्तीसंग मूल्यवान वस्तुका नाममा यही एउटा औंठी थियो । आफन्तीले जवाफ दियो – मेरा प्यारा व्यापारी साथी, म तिमीसँगको मित्रताको धेरै कदर गर्छु । मलाई पनि तिमीसित यो कान्लामुनिको भ्यागुतो जस्तो बनेर यहाँ कुमुक्क बस्नुपर्दा  रमाइलो लाग्ला त ? मलाई तिमीलाई भन्दा पनि बढी चिन्ता लाग्छ । मेरो यो मर्का बुझ र यो औंठी मसितै रहन देऊ ? यहाँ मैले नदिएको सम्झन्छु । यसरी तिमी मेरो सम्झनामा सधैं बसिरहने छौं । यसो हुँदा मलाई पनि जाती नै होला, हैन र ?

                कुरा सुनेर व्यापारी मित्र ट्वा पर्यो । एकछिनमै सम्हालियो र मुस्कुराउन खोज्दै भन्यो – ल त मित्र म हिडें, अब यात्राबाट फर्केपछि भेटौंला !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप