शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कानुन पुस्तकालयको कन्तबिजोग (फोटोफिचर)

शनिबार, ०९ असोज २०७२, १४ : ४८
शनिबार, ०९ असोज २०७२

काठमाडौं –वैशाख १२ को विनाशकारी भूकम्पले देशमा धेरै जनधनको क्षति गर्यो । थुप्रै घर तथा भवन ढले । पुराना भवनमा सबैभन्दा बढी क्षति भयो ।

काठमाडौंको रानीपोखरी जमलस्थित सर्वोच्च अदालतको स्वामित्वका रहेको ‘केन्द्रीय कानुन पुस्तकालय’ पनि भूकम्पका कारण प्रभावित रह्यो । दुईतले भवन भूकम्पले चर्काएपछि सम्पूर्ण कक्ष तल्लो तलामा सार्नुपरेको छ । कम कोठाहरूले गर्दा अहिले त्यहाँ आउने पाठकवर्ग र पुस्तकालय सञ्चालन समितिले कठिनाइ भोगिरहनुपरेको छ । कानुनसम्बन्धी सार्वजनिक पुस्तकालयको अभाव पूर्ति गर्ने एवं न्यायको क्षेत्रमा अनुसन्धान एवं विकास कार्यक्रमलाई अगाडि बढाउन सहयोग पु¥याउने उद्देश्यले यो पुस्तकालय स्थापना भएको हो । सर्वोच्च अदालत र द एसिया फाउन्डेसनको संयुक्त प्रयासमा २५ भदौ ०५० मा यो पुस्तकालयको स्थापना भएको हो ।

पुस्तकालयमा करिब १५ हजार थान कानुनका पुस्तक तथा जर्नलहरू संकलित छन् । यसका अतिरिक्त नेपाल कानुन पत्रिका, नेपाल राजपत्र, न्यायदूत, कानुनलगायत समय–समयमा प्रकाशित हुने अन्य कानुन एवं न्यायसँगसम्बन्धी पत्रपत्रिका समेत संग्रहित छन् । पुस्तकालयले पुस्तक तथा पत्रपत्रिका खरिद गरेर तथा विभिन्न स्वदेशी तथा विदेशी संघ–संस्थाबाट सहयोगस्वरुप प्राप्त गरी पाठकलाई उपलब्ध गराउने गरेको छ । पुस्तकालयको भौतिक अवस्था पहिले नै सन्तोषजनक नभएको र त्यसमा १२ गतेको विनाशकारी भूकम्प तथा त्यसपछि पटक–पटक गएका पराकम्पनले पुस्तकालय भवन जताततै चर्किएर जीर्ण बनेको पुस्तकालय प्रमुख मधुसूदन सुवेदीले बताए । ‘पर्याप्त बजेटको व्यवस्था नभएकाले उचित मर्मत–सम्भार गर्न सकिएको छैन, उनले भने, ‘भवन जीर्ण भए पनि पुस्तकालयमा आउने पाठकहरूको संख्या भने घटेको छैन । भवन निर्माण गर्ने एक करोड जति लाग्ने देखिएको छ ।’

रातोपाटी सहकर्मी बिजु महर्जनको क्यामेरामा कैद पुस्तकालयका केही झलकः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप