शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहयोग माग्दै ग्रामिण बिद्यालय

शनिबार, ०२ असोज २०७२, १२ : २३
शनिबार, ०२ असोज २०७२

डोल्पा–डोल्पाको त्रिपुराकोट गाबिसस्थित वडा नं २ मा रहेको त्रिपुरा माध्यामिक बिद्यालयलाई यतिखेर सहयोगको खाचोँ छ ।

बि.स २०१७ सालमा त्रिपुरा प्राथामिक बिद्यालयको रुपमा स्थापना भएको उक्त बिद्यालय बि.स २०६३ सालमा त्रिपुरा नि.मा.बिको रुपमा स्थापित भएको थियो । देशका कुनैपनि बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चितहुन नपरोस भन्ने अभिप्रायले पचपन्न बर्ष अगाडि स्थापना गरीएको उक्त बिद्यालयलाई रकम अभाबको कारण सहयोगको खाँचो परेको हो ।

गत बैशाखमा स्थापना गरीएको यस बिद्यालयमा दरबन्दीका शिक्षक नभएकाले र आर्थिक अभाबका कारण सबै शिक्षक निजिस्रोतबाट तलबभत्ता खुवाउने गरी शिक्षक राख्न नसकिएकाले नि.मा.बिका तिनवटा राहत दरबन्दिका शिक्षक र निजि स्रोतबाट एउटा शिक्षक नियुत्त गरी पठनपाठन संचालन गरीरहेको प्रधानाध्यापक हेमराज हमालले जानकारी दिए ।

बिद्यालयमा आर्थिक स्रोत नभएकै कारणले शिक्षकहरुलाई तलबभत्ता खुवाउन समेत कठिन भईरहेकाले सहयोगकोलागि सम्बन्धित निकायमा समेत माग गरेका छन् । बिद्यालयको भवनपनि जिर्णभएकाले अर्कोसाल देखि पठनपाठन गराउन कक्षा कोठाको अभाबहुने देखिएकाले बिद्यालयमा सहयोगकोलागि बिभिन्न सरकारी तथा गैरसरकारी निकायसंग सहयोगको माग समेत गरेका छन् ।

थोरै भएपनि बिद्यालयको आर्थिक भार कम गर्नको लागि तिहारमा देउसी भैलो खेल्ने तथा चन्दा संकलन गरेरपनि बिद्यालयको आवाश्यक कामको लागि खर्च गर्ने गरेको समेत उनले बताए ।

यस भन्दा अगिाडि नि.मा.बि पढेर माध्यामिक शिक्षालिनकोलागि छिमेकि बिद्याल जाने बिद्यार्थिहरुपनि मेहनति र राम्रा बिद्यार्थि आउने गरेकाले यसबिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरीरहेको पछिपनि राम्रो गर्नसक्ने लिकु गा बि स मा रहेको जनप्रभा उ.मा.बि का शिक्षक दिपक सर्माले बताए ।

यसरी देशको ग्रामिण भेगमा स्थापना भएको यसबिद्यालयले डोल्पामा गुणात्मक रुपमा शिक्षा प्रदान गरीरहेकाले यसबिद्यालयलाई सहयोग गरीदिनकोलागि स्थानिय समाजसेवि टिकादत्त न्यौपानेले आग्रह गरे ।

यस बिद्यालयलाई बि.स २०७२ सालमामात्र मात्र प्रस्ताबित माध्यामिक बिद्यालयको रुपमा स्थापना गरीएकोछ । दैनिक दुईदेखि तिन खण्टा हिँडेर छिमेकि गा बि स मा रहेको बिद्यालयमा अध्ययन गर्न जानुपर्ने भएकाले यसलाई मध्यनजर राख्दै गाँउका सरोकारवाला सबैपक्षको सहकार्यमा प्रस्ताबित माध्यामिक बिद्यालय स्थापना गरीएको स्थानियबासिहरुले जानकारी दिए ।

यसरी घण्टौ हिँडेर अपठ्यारा भिर र खोलातरेर जानुपर्ने तथा कोठा भाडामा लिएर बस्नुपर्दा धेरै खर्चलाग्ने गरेकोमा अहिले गाँउमै बिद्यालय स्थापना भएपछि घरकै खाना खाएर नजिकैको बिद्यालयमा गएरपढन् पाएकोमा हर्षित भएको स्थानिय बिद्यार्थि जनक थापाले जानकारी दिए ।

राज्यकै बिकट जिल्ला जहाँ अहिले सम्मपनि सडक संजाल पुग्न सकेकोछैन यातायात नपुगेकै कारण जिल्लाका ग्रामिण भेगमा पाठ्यपुस्तकबिनानै परीक्षा दिनुपर्ने बाध्यतापनि कायमै छ भने जिल्लामा राम्रा शैक्षिक संस्था नभएकाले लाखौ खर्चगरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । यस बिद्यालयमा अहिले माध्यामिक कक्षा ६ देखि ९ सम्म एकसय पचासजनाले अध्ययनन् गरीरहेकाछन अर्कोबर्ष देखि कक्षा संचालन गरीने बिद्यालय ब्यबस्थापन समितीले जनाएको छ । डोल्पाकै मुटुको रुपमा चिनिने त्रिपुराकोट गा बि स मा रहेको यस बिद्याललाई बिभिन्न निकायबाट सहयोग गरीए डोल्पामै नमुना शैक्षिक संस्थाको रुपमा स्थापति हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप