शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुका महिलाको यस्तो जोश: यसरी जुटे बाटो निर्माणमा

शनिबार, २२ पुस २०७४, ०७ : ५१
शनिबार, २२ पुस २०७४

कपिलवस्तु - पुसको कठ्यांग्रीदो जाडोको पर्वाह नगरी व्यवस्थित बाटो नभएर समस्या झेल्दै आएका शिवराज नगरपालिका–९ विजगौरी र रमुवादहका महिलाले आफैँ श्रमदान गरेर बाटो निर्माण गरेका छन् ।

स्थानीय दुई सयभन्दा बढी महिलाको सहभागीतामा दुई दिनमै शिवजुर–१ मौवाडाढादेखि शिवराज नपा–९ को सुरई खोला सिमानासम्म रमुवादह गाउँ जाने करिब दुई किलोमिटर बाटो निर्माण गरिएको छ । “गाउँसम्म पुग्ने बाटो (६ मिटर फराकिलो) बनाएर माटो पटाउनुका साथै दुवैतिर नालीसमेत बनाएका छन् । घरकै खाना खाएर बिहानदेखि साँझसम्म काम ग¥यौँ”, बाघपुराकी रोक्कामगरले भनिन्, “बाटो बनेपछि अब आवतजावत गर्न निकै सहज हुनेछ ।”

रमुवादहका महिलाले बिहान ७ देखि साँझ ५ बजेसम्म कुटो, कोदालो, साबेल, गैंती र झउवाको प्रयोग गरेर बाटो बनाएका हुन् । किशोरीदेखि गृहिणी, अधवैंसे र पाका महिला सबैले गैंती र कोदालो चलाएका थिए ।

“गाउँबाट आउजाउ गर्न निक्कै दुख थियो”, स्थानीय अमृता गुरुङले भनिन्, “त्यही सम्झेर काम गरेका हौँ, कसैको मुख ताक्नुभन्दा आफैँ कसिँदा राम्रो भन्दै लागेका हौँ अब नगरपालिकाले हाम्रो उत्साह मर्न दिन हुँदैन । बजेट विनियोजन गरेर ग्राभेल पनि गर्नुपर्छ ।”

उनीहरुलाई हौस्याउन शिवराज नगपालिका–९ का अध्यक्ष चुरबहादुर खड्का दैनिक बाटो खन्न पुग्ने गर्दथे  । “बाटोका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छु”, उनले भने, “थोरधेरै बजेट छुट्याउन लगाउँछु ।” स्थानीयवासीले करिब चार लाख बराबरको श्रमदान गरेको उनले जानकारी दिए ।

उक्त बाटो नहुँदा रमवादहसम्म पुग्न उमरीदेखि करिब पाँच किलोमिटर जंगलको गोरेटो बाटो हुँदै गाउँ पुग्नुपथ्र्यो तर अब यो बाटो बनेपछि उमरीबाट तीन किमिमै गाउँ पुग्न सकिने भएको छ । बाटो निर्माण कार्यमा महिलालाई ५० भन्दा बढी पुरुषले पनि साथ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप