१० विद्यार्थीका लागि ३ शिक्षक
गुल्मी – शिक्षा नियमावलीमा एक शिक्षक वरावर ४५ जना विद्यार्थी हुनुपर्ने प्रवाधान भएपनि गुल्मीको एक विद्यालयमा भने चार जना विद्यार्थीका लागि एक शिक्षक छन् । गुल्मी क्षेत्र नम्वर १ को अर्वेनी– ६ मा रहेको भगवती प्राथामिक विद्यालयमा चार विद्यार्थीका लागि एक शिक्षक रहेका हुन् ।
उक्त विद्यालयमा जम्मा १० जना विद्यार्थीहरुलाई ३ जना शिक्षकले पढाउने गरेका छन् । यसरी एक जना शिक्षकले ४ जना विद्यार्थी पढाउँछन भने अन्य दुई जना शिक्षकले तीन–तीन विद्यार्थी पढाएर दिन विताउँछन् । अधिकास समय शिक्षकको फुर्सद नै हुन्छ ।
कक्षा १ देखि ३ सम्म सञ्चालित प्राथामिक विद्यालयमा दुई जना शिक्षक रहने प्रावधान रहेको सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले बताए । त्यस विद्यालयमा १० जना विद्यार्थीका तिन जना शिक्षक त ? उनले चाडै नै शिक्षक मिलान हुने बताए ।
त्यस विद्यालय नजिकै करिव ८ मिनेटको दुरीमा देउराली मावि रहेको छ । जिल्ला शिक्षा कार्यालयले गत एक वर्षदेखि अभियानका रुपमा शिक्षक मिलान र विद्यालय मिलानका कार्यक्रमलाई तिव्र पारेको बताएको छ । तर, अर्वेनीको भगवती प्राविमा भने अझै ध्यान दिएको छैन ।
त्यस प्रावि जस्ता अन्य विद्यालयमा पनि मापदण्ड अनुसार शिक्षक र विद्यार्थी संख्या नरहेको पाईएको छ । कतिपयमा कागजी पानामा मात्र विद्याथी संख्या पुराएर विद्यालय टिकाउने गरेको पाईएको छ । त्यस्ता विद्यालय टिकाउन पेशागत संगठनको हात रहेको आरोप लाग्दै आएको छ ।
यदि पेशागत संगठनहरुले चाहेको खण्डमा एक हप्ता मै यो समस्याका समधान गरिने सहायक जिल्ला शिक्षा अधिकारी ढकालन बताउ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन