विद्यार्थीले गरे यस्तो माग
शनिबार, १९ भदौ २०७२, ११ : २४
जाजरकोट, —जिल्लाका विद्यार्थीले किशोरकिशोरी मैत्री शिक्षण संस्था र प्रभावकारी स्वास्थ्य सेवा हुनुपर्ने माग गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले जाजरकोटका विद्यालय किशोरीकिशोरी मैत्री नहुँदा आफूहरुले धेरै दुःख पाएको भन्दै त्यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
विद्यार्थीले महिनावारी हँुदा विद्यालय नै छोड्न अवस्था आउने भन्दै समस्या समाधानका लागि कम्तीमा निमावि तहदेखि नै सेनेरिटरी प्याडको व्यवस्था गरिनुपर्ने बताएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लागू भएका स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई किशोरकिशोरी मैत्री सेवा, परामर्श र तालिमको व्यवस्था गरिनुपर्ने माग उनीहरुले गरेका छन् ।
विद्यालय र स्वास्थ्य संस्था एकै समयमा खुल्ने र बन्द हुने भएका कारण आफूहरुले स्वास्थ्य सेवा नपाएको भन्दै उपयुक्त समयमा स्वास्थ्य सेवा दिन आग्रहसमेत उनीहरुले गरेका छन् ।
सरकारले तोके बमोजिमका सबै सेवा स्वास्थ्य संस्थामा पाइनुपर्ने र गोपनीयताको महसुस गराउनुपर्ने विद्यार्थीको माग रहेको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले विद्यार्थीका माग सबै जाहेज भएका कारण व्यापक छलफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?