आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

८४ बर्षको बृद्धलाई यौनको भोक जागेपछि...

शुक्रबार, २१ पुस २०७४, १३ : ४६
शुक्रबार, २१ पुस २०७४

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा एक सातादेखि एक बृद्ध पछुताइरहेका छन् । 

ललितपुर प्रहरी प्रमुख (एसएसपी) गणेश ऐन विहान कार्यालय पुग्नासाथ तिनै ‘बृद्ध अभियुक्त’ लाई भेट्छन्, अनि प्रहरी कर्मचारीलाई आदेश गर्दै भन्छन्, ‘उहाँलाई चिया खुवाउनु, अनि घाममा लगेर राख्नु !’ 

टेक बहादुर बस्नेत उमेरले ८४ पुगिसके, तर ‘बनले आईज–आईज घरले जा–जा’ भन्ने उमेरमा १० बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई

ललितपुर प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
ललितपुर प्रहरी प्रमुख ऐरले अरुलाई भन्दा बढी रेखदेख र हेरचाह गर्न थालेपछि ति बृद्धले एकदिन सोधे, ‘तपाईको दर्जा कुन हो बावु ?’ ऐरले भने, ‘म यहाँको एसएसपी हुँ ।’ टेकबहादुरले उत्तेजित हुँदै अर्को प्रश्न सोधे, ‘त्यसो भए मलाई छाडिदिनुस् न ?’ 

टेकबहादुरले बुढेसकालमा यस्तो गल्ती गरेका छन्, त्यहि जघन्य अपराधका कारण एसएसपी ऐरले चाहेर पनि उनलाई छाड्न सक्दैनन् । 

गोरखाको सिरानचोक गाउँपालिका–७ स्थायी घर भएका टेक बहादुर बस्नेत छोरा–बुहारीसँग भैंसेपाटीस्थित खोकना बस्छन् । त्यहाँ चारओटा गाई पनि पालेका छन् । पुस ११ गते खोकनामै बस्दै आएकी एक दश बर्षीया बालिका उनको गाई पाल्ने टहरो हुँदै डेरा तर्फ जाँदै थिईन् । विद्यालयबाट फर्केकी ती बालिकालाई ८४ बर्षीय बस्नेतले बोलाएर स्थानिय विष्णु डंगोलको खेतमा रहेको मानिस नबस्ने टहराको ट्वाईलेटमा लगे, अनि बलात्कार गरे ! 

सामान्य श्रमिक परिवारकी ती बालिकाले बावु–आमालाई आफू बलात्कृत भएको सुनाएपछि प्रहरीमा रिपोर्ट गरे । स्थानिय प्रहरीले बस्नेतलाई तत्कालै नियन्त्रणमा लिए । अहिले लतिलपुर प्रहरीले अदालतबाट जबर्जस्ती करणीमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

‘अब लगभग अनुसन्धान सकिएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नरेन्द्र चन्दले भने, ‘शुक्रवार सरकारी वकिल कार्यालयमा फाईल बुझाउँदै छौं ।’

पाटन अस्पतालले दिएको मेडिकल रिपोर्ट अनुसार बलात्कृत बालिकाको यौनाङको झिल्ली च्यातिएको छ । अब जिल्ला अदालत ललितपुरको आदेश अनुसार टेक बहादुर कि पुर्पक्षका लागी जेल चलान हुनेछन्, नभए धरौटी बुझाएर छुट्नेछन् । 

एसएसपीले माया गरेर दिएको घाम ताप्ने सुविधा उपभोग गरिरहेको बेला एक प्रहरी अधिकृतले उनलाई सोधे, ‘बा, यो बुढेसकालमा किन यस्तो गरेको ?’ 
उनले टाउकोमा हात राखेर पछुताउँदै उत्तर दिए, ‘के गर्नु बाबु, मति बिग्रियो !’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप