मल अभावपछि भारतीय भन्सार र प्रहरीको अवैध असुलीले किसान हैरान

परासी–देशभर जस्तै नवलपरासीमा पनि युरिया मलको चरम अभाव भएको छ । किसानहरु गहुँमा युरिया मल छर्न नपाएपछि चिन्तित बनेका छन् ।
मल अभावपछि केहि किसानहरुले चर्काे मुल्य तिरेर भारतबाट लुकाएर ल्याउदै खेतमा छरिरहेका छन् भने अधिकांश युरिया लिन मल वितरण केन्द्रमा धाई रहेकाछन् ।
सरकारले ५० प्रतिशत भन्दा बढि अनुदानमा उपलब्ध गराउने युरिया मलको जिल्लामा हाहाकार भएपछि किसानहरुमा निराशा छाएको छ । कृषि सामाग्री कम्पनीले देशमै युरियाको अभाव भएकाले जिल्लामा पनि मागको अनुपातमा युरिया मल उपलब्ध गराउन नसकिएको बताएको छ ।
गहुँ युरिया मल छर्न उपयुक्त समय रहेका बेला जिल्लामा कम्पनीले अहिलेसम्म २ हजार ६८ टन मात्र युरिया मल उपलब्ध गराउन सकेको छ । कम्पनीले साल्ट टेडिङ्ग र कृषि सामाग्रीको मल विभिन्न वितरण केन्द्र मार्फत वितरण गरेपछि अmभै ५० प्रतिशत किसानहरु मल पाउन सकेका छैनन् ।
किसानहरु गहुँ सिँचाई गरि खेतमा युरिया छर्न मल कुरिरहेका छन् तर कतिपपयले भारतमा ८ सय रुपैयाँमा पाइने मल नेपाल ल्याउँदा १२ सयसम्म खर्च भएको बताएका छन् । भारतीय कस्टम, नेपाल प्रहरी र शस्त्र प्रहरीका घुमुवाको अवैध असुलीले प्रति बोरा १ हजार देखि १२ सय सम्म खर्च पुग्ने गरेको पाल्हीनन्दन गाउँपालिका ३ पर्सियाका सुबाष गुप्ताले बताए ।
उनले भने, ‘भारतबाट मल ल्याउदा २५ केजि भन्दा बढि ल्याएको देखेमा भारतीय एसएसबीले साईकल र मल चलान गर्छ । हामीलाई किसानलाई २ देखि १०÷२० बोरा सम्म युरिया चाहिएको हुँदा भारतीय एसएसबीलाई छलेर लुकिछिपि ल्याउँछांै जसमा भारतीय प्रहरी र कस्टमले ५०÷५० रपियाँ लिन्छ भने नेपाल प्रहरी र शसस्त्र प्रहरीका घुमुवाहरुले पनि प्रतिबोरा ५० देखि १०० रुपैयाँ लिने गर्छ ।’
विभिन्न मल वितरण केन्द्रहरुमा दिनभरी मल कुर्दा पनि नपाएर रित्तै हात फर्किनु परिरहेको स्थानीय किसान तारेन्द्र बर्माले बताए ।
जिल्लामा कुल १८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा गँहु खेति गरिदै आइएको छ । गतवर्ष जिल्लामा ३५ हजार ९१ मेट्रिकटन गँहु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर यसवर्ष मलकोे अभावले उत्पादन घटने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प
-
संयुक्त राष्ट्रसंघमा युक्रेनको विपक्षमा अमेरिकाको मत