चिसोबाट कसरी जोगिने ?
काठमाडौं– न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा मात्रै नभएर देशभर चिसो ह्वात्तै बढेको छ ।
चिसोको समयमा विशेषतः बालबालिका बिरामी हुने दर ह्वात्तै बढ्ने गर्छ । बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक पर्शुराम श्रेष्ठका अनुसार मुख्यगरी ५ वर्ष मूनिका बालबालिकामा निमोनिया, रुघाखोकी जस्ता समस्या देखापर्छन् ।
यस्तै जुनसुकै उमेर समूहकामा समेत हृदयघात, फोक्सोको संक्रमण र श्वास प्रस्वासको समस्या देखिन सक्छ । प्राय सबै उमेरका नागरिकलाई रुघाखोकीको समस्या हुने गरेको छ । रुघाखोकीको मुख्य कारण भनेको भाइरल संक्रमणनै मानिन्छ । यो समयमा शरीरलाई न्यानो राख्दा संक्रमणबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।
यस्तै चिसोको समयमा श्वासप्रश्वासको वृद्धवृद्धाहरुको लागि निकै ठूलो समस्या हो । चिसोको कारण हल्का काम गर्दा पनि दम बढ्छ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्ने र मुटुको समस्या पनि थपिने बताइन्छ । यस खालको कुनै समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ ।
यस्तै निमोनिया मानिसको छातीमा हुने एक प्रकारको संक्रमण हो । यो रोग बालबालिका र बृद्धाबृद्धमा बढी देखिन्छ । अन्य समयमा पनि हुने निमोनिया चिसोको समयमा बढी हुने गरेको पाईन्छ । यो समयमा निमोनिया भएका व्यक्ति ,बालबालिका र बृद्धबृद्धाहरुलाई बढीमात्रमा ध्यान दिनु पर्ने हुन्छ ।
चिसो याममा उच्चरक्तचाप भएकाहरु बढी सचेतक रहनुपर्ने हुन्छ । मुटुरोग विषेशज्ञहरुको अनुसार चिसो मौसममा उच्च कोलेस्टारल, उच्चरक्तचाप बढ्ने हुन्छ । यो समयमा सामान्य रक्तचाप भएपनि रक्तचाप तलमाथि भईरहने हुन्छ । उच्चरक्तचाप भएका व्यक्तिले रक्तचाप नियमित जाँच गर्नुपर्ने हुन्छ ।
चिकित्सकहरुको भनाई अनुसार चिसोको समयमा भाइरल फ्लु लागेका मानिसहरुबाट टाढा रहनु पर्छ । जाडोमा झोलिलो र तातो खानेकुरा खानाले स्वास्थ्यलाई बढी फाइदा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि