शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

फ्रान्सको सहयोगमा प्रतिरोधी बिद्यालय निर्माण

बिहीबार, १५ असार २०७४, २० : २९
बिहीबार, १५ असार २०७४

हेमराज ढकाल

भक्तपुर - भुकम्पबाट क्षती भएको चाँगुनारायण नगरपालिका ६ नगरकोटको गड्गडे आधारभूत बिद्यालय निर्माण गरि हस्तान्तरण गरिएको छ । फ्रान्सको इन्फ्रान्स र ओटी मार्फो नामक अन्र्तराष्ट्रिय संस्थाले ७० लाखको लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिहिबार बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
९ कोठा भएको २ तल्ले भवन फ्रान्सका राजदुत युभिस कारमोनले विद्यालयलाई भवन हस्तान्तरण गरे । 


हाल १ सय १५ बिद्यार्थी रहेको बिद्यालयमा भुकम्पले क्षती पु¥याउनु अघि १ सय ५० जना रहेको बिद्यालयले जनाएको छ । भवन नहुँदा स्थान अभावमा बिद्यार्थी संख्या घटेको र नयाँ भवन पाएपछि बिद्यार्थी संख्यामा बृद्धी हुने बिद्यालयका प्रधानाध्यापक पूर्ण तामाङले बताए । 
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा आएकाले नगर क्षेत्रभित्र गुणस्तरिय शिक्षा प्रदान गर्ने गरि बार्षिक कार्ययोजना तयार पारि कार्य गर्ने बताए । 


बिद्यालय हस्तान्तरण कार्यक्रममा इन्फ्रान्सका प्रमुख कारोलिन डेविल्डे, जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, भवन निर्माणको लागि समन्वय गर्ने संस्था डेल्टा कोरका प्रमुख सिद्धार्थराज पाण्डेलगायतले भुकम्पले देशका धेरै बिद्यालयमा क्षती पु¥याउँदा बिद्यार्थीहरुको शैक्षिक गतिविधीमा असर पुगेको बताउँदै सुरक्षित भवन निर्माण गरि पुर्वाधार विकासका लागि सरकार दातृ निकायको ध्यान केन्द्रित हुनुपर्ने औल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप