पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिएपनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् । शनिबार काठमाडौंमा जारी पार्टीको १४ औं स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रष्ट पारेका हुन् ।
उनले भने– ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिलले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुचीपनि नरहेको पनि प्रष्ट पारे । बाम एकता गर्ने, एजेण्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुची रहेको उनले बताए । पार्टीको संगठनलाई सुदृढ बनाउँने योेजनामा रहेको बताउँदै खतिवडाले भने– ‘यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदैछ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसुचित गर्न चाहन्छु ।’
बिहान ११ बजेदेखि जारी बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीको आगामी बाटोका बारेमा स्थायी कमिटी सदस्यको राय लिइरहेका छन् । अहिलको सन्र्दभमा संगठन सुदृढीकरण कसरी गर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणमा अवको कार्यदिशा भन्ने बारेमा मन्तब्य राखेका छन् । उनले सशक्त संगठन भएको, युवाहरुको सहभागिता भएको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीका महासचिव बेदुराम भुसालले पार्टीको संगठनलाई अगाडि बढाउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । स्थायी कमिटी सदस्यहरुले सरकारमा जाने वा नजानेबारेमा, कसैले संगठनको बारेमा आफ्नो विचार राखेका छन् ।
सरकारमा जादा राम्रा नराम्रा पक्षहरु, गठबन्धन के कारण र कसको कमजोरीका कारण तोडियो, नयाँ बनिरहेको सरकारप्रतिको पार्टीको धारणा के हुने भन्नेबारेमा छलफल भइरहेको हो । सरकारमा जाने वा नजानेबारेमा आजको बैठकपछि पोलिटब्यूरो बैठकसम्म पुगेर निर्णय लिनसक्ने अवस्था बन्ने खतिवडाले बताए । बैठक भोलिसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ