सप्तरीमा आठ सय १० केजी गाँजा बरामद

सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरी गाँजाका बोरा लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको प्रहरी जनाएको छ ।
विशेष सूचानाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्कासहितको प्रहरी टोली खटी बालुवा खनेर हेर्दा एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा नौ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ बोरामा लुकाई राखेको गाँजा भेटिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । उनले प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद् भएको जानकारी गराए ।
बेबारीसे अवस्थामा फेला परेको उक्त गाँजा नियमानुसार बरामद गरि गाँजाका सम्बन्धमा सुक्ष्म रुपमा बिस्तृत अनुसन्धान कार्य भईरहेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त