अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित
![अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित](https://rpcdn.ratopati.com/media/albums/Gulf_zq73dlHlgj.jpg)
अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ ।
“अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानिसलाई असर गरेको छ । सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा ३६ प्रतिशत जनसङ्ख्यामा पुग्ने अपेक्षा गरेको छ ।
यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ पछिको आर्थिक पुनरूत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ ।
सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४.५ प्रतिशत र सन् २०२४ मा ३.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
सर्वेक्षणका प्रमुख लेखक अहमद मौम्मीले जीसीसी र अन्य तेल निर्यातक देशहरूले उच्च ऊर्जा मूल्यबाट लाभ उठाउन जारी राख्ने बताएका छन् । तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् ।
मौम्मीले तेल निर्यात गर्ने अरब देशहरूले समावेशी वृद्धि र दीगो विकास सिर्जना गर्ने परियोजनाहरूमा लगानी गरेर ऊर्जा क्षेत्रबाट टाढा आफ्नो अर्थव्यवस्थालाई विविधीकरण गर्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ नेतृत्वको बन्दी कि गन्तव्य भुलेको संगठन ?
-
स्थानीय न्यायिक समितिको अनुगमन तथा निरीक्षण किन गरिन्छ ?
-
बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग
-
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
-
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
-
पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार