प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव–६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आएका हुन् ।
हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प्राप्त गरी दोस्रो भएको उनले बताए ।
विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । दाहाल भरतपुर महानगरपालिका वडा नं १४ निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी