शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कोभिडको तथ्याङ्क साझा गर्न चीनसँग डब्लूएचओको माग

शनिबार, १६ पुस २०७९, १२ : २७
शनिबार, १६ पुस २०७९

सङ्क्रमण बढेसँगै चीनले आफ्नो देशको कोभिडको तथ्याङ्क साझा गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले माग गरेको छ । जिरो कोभिड नीति अन्तरगत चीनमा लगाइएको कडा नियमहरू खुकुलो बनाएसँगै केही हप्ता यता देशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । विश्वभरका देशहरूले चीनका यात्रुहरूमाथि कडाइ सुरु गरेको छ ।

डब्लूएचओले चीनलाई अस्पतालमा रहेका, आईसीयूमा रहेका र मृत्यु भएका सङ्क्रमितको तथ्याङ्क माग गरेको हो । डब्लूएचओले खोप लगाएको तथ्याङ्क पनि जारी गर्नुपर्ने भनेको छ । सङ्क्रमण पुनः फैलिने डरले अमेरिका, बेलायत स्पेन, फ्रान्स, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानले चीनबाट आउने यात्रुमाथि कडाइ गरेको छ । 

विश्व स्वास्थ्य संगठनले चीनलाई कोभिड नियन्त्रण र खोप कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । नियमितरुपमा तथ्याङ्कको प्रकाशनले चीन र विश्व समुदायलाई जोखिमको सही मूल्याङ्कन गर्न र उचित प्रतिक्रियाको तयारी गर्न सहयोग पुग्ने डब्लूएचओको भनाई छ ।

चीन सरकारले दैनिक ५ हजारको आसपासमा सङ्क्रमित फेला परिरहेको बताएको छ । तर, विज्ञहरूले यो सङ्ख्या दैनिक १० लाख बढी हुन सक्ने आङ्कलन गरेका छन् । चीनले डिसेम्बरमा १३ जनाको मृत्यु भएको बताए पनि बेलायतको एयर इन्फिनिटी नामक संस्थाले बिहीबार चीनमा दैनिक ९ हजारसम्म मानिसहरू मरिरहेको हुनसक्ने दाबी गरेको छ । बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप