पूर्व सञ्चारमन्त्री जबराको निधन
शनिबार, १६ पुस २०७९, ११ : ०१

पूर्व सूचना तथा सञ्चार मन्त्री श्रीष शमशेर जबराको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको छ ।
गए राति १ बजे तिर निधन भएको हो । ७० वर्षीय जबरा क्यान्सर रोगबाट पीडित थिए।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् ।