आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमतीको जन्मदिनमा गृहमन्त्री लामिछानेको भावुक स्ट्याटस

शनिबार, १६ पुस २०७९, ०९ : ३९
शनिबार, १६ पुस २०७९

गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् । 

निकिताले पारिवारिक विरासतदेखि  उच्च ओहोदाको  सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् । 

जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेकमा छन् -' मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले  आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत , विश्व विख्यात  युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै  पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।  सबै देवी देवताले तिम्रो  रक्षा गरून्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप