रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
शनिबार, १६ पुस २०७९, ०९ : २६

विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ। स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए । मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
जाडोयाममा रौतहटका अधिकांश युवाहरू विद्युतीय तारको प्रयोग गरि करेन्ट लगाएर लालबकैया, बागमती, तरहारी लगायत नदि खोलामा माछा मार्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म