आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फेब्रुअरीमा विवाह गर्दै सिद्धार्थ-कियारा

शनिबार, १६ पुस २०७९, ०९ : २२
शनिबार, १६ पुस २०७९

सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।

ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका  समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शाही दरबार रोजेका छन् । यति मात्र होइन, दम्पतीको विवाहमा कडा सुरक्षा व्यवस्था गरिएको छ, विवाहपूर्वदेखि विवाहसम्मका सबै कार्यक्रम दरबारभित्रै राखिनेछ ।

फेब्रुअरी ३ मा जैसलमेरमा सुरक्षा दल पठाइने मिडिया रिपोर्टबाट थाहा भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेर प्यालेस होटलमा हुनेछ । यद्यपि यी जोडीको विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप