कविता : रिटायर्ड आर्मीको ड्राइवर
रिटायर्ड आर्मी
उसको गाडी
अनि उसको गाडी हाँक्ने ड्राइवर
न उसलाई अब
उसको साहेबको
प्रमोशन हुने नै आश छ
न अब उत्सव समारोहमा
उपस्थितिको लागि
उसको साहेबलाई
कुनै निमन्त्रणा नै हुन्छ ।
तै पनि बाहिर जानु पर्यो कि
सलाम ठोक्दै
गाडीको ढोका खोलिदिदै
गाँडी हाँक्न सदा तत्पर हुन्छ
रिटायर्ड आर्मीको ड्राइवर ।
न अब उसको साहेबलाई
रिझाउन कोही नै अब
अघि पछि चहलपहल गर्छ
न उसको साहेबकहाँ
पहिलेजस्तो ठूलाबडाको
जमघट नै हुन्छ
तै पनि गाडी पुछ्दै
टिलिक्क टल्काएर
सधैँ उसको साहेबको
सेवामा तत्पर हुन्छ
रिटायर्ड आर्मीको ड्राइवर ।
उसको साहेबको
रिटायर्ड जीवनमा पनि
ऊ उसको निम्ति
खोजिरहेको हुन्छ
एउटा मीठो आशा
ऊ कल्पिरहेको हुन्छ
उसको सुखी पारिवारिक जीवन
उसको मनले बुनिरहेको हुन्छ
उसका थुप्रै उज्ज्वल भविष्यको सपना
त्यसैले त कहिले छुट्दैन
सधैँ साथ रहन्छ
रिटायर्ड आर्मी
उसको गाडी
अनि, उसको गाडी हाँक्ने ड्राइवर ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सामु १ सय ४१ रनको लक्ष्य
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न