मलेसियामा यो वर्ष नेपालीको ओइरो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।
मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् । गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।
विगतमा पनि हावापानीका कारण मध्यपूर्वका मुलुकभन्दा मलेसिया रोजाइमा थियो । मध्यपूर्वका मुलुकमा उच्च गर्मी हुने तर मलेसियाको हावापानी काठमाडौं उपत्यकाको जस्तै भएकाले धेरैको रोजाइमा मलेसिया पर्ने गरेको थियो । तर, यो वर्ष मलेसियामा नेपालीको ओइरो लाग्ने कारण भने भिन्दै छ । मलेसियाले एकै वर्षमा लगभग २५ प्रतिशत तलब बढाएको छ ।
विगतमा न्यूनतम तलब १२ सय रिंगेट रहेकामा त्यसलाई बढाएर १५ सय पुर्याइएको हो । यो वृद्धिपछि त्यहाँ काम गर्ने नेपालीको तलब ९ हजार रुपैयाँभन्दा बढीले बढेको छ । अहिले मलेसियामा कार्यरत नेपालीको न्यून्तम पारिश्रमिक मासिक ४५ हजारभन्दा बढी पुगेको छ । मलेसियामा साधारणतयाः दैनिक २ घन्टा अतिरिक्त काम पाइन्छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध