बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय तह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हुन्छ : थपलिया

शुक्रबार, १५ पुस २०७९, २१ : ५६
शुक्रबार, १५ पुस २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुर्याएको बताएका छन् ।

नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ साधारणसभा तथा १८ औँ राष्ट्रिय सम्मेलनमा उनले भने, “स्थानीय तह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हुन्छ, सङ्घीय र प्रदेश तहमा कानुनतः सम्भव छैन । वि.सं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुप पक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ।”

मुलुकको अर्थतन्त्र सुदृढ बनाउनेलगायत चुनौती रहे पनि गठन भएको सरकार कसरी टिकाउने अहिलेको चुनौती रहेको उनको टिप्पणी छ ।  कार्यक्रममा सङ्घका महासचिव मुकुन्दप्रसाद निरौलाले साधारणसभामा वार्षिक प्रतिवेदन नेपाल जन–प्रशासन सङ्घले स्थापना कालदेखि नेपालको प्रशासन, व्यवस्थापनको क्षेत्रमा र पेशागत सम्बन्धको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप