आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सरकार र नयाँ गठबन्धनप्रति धारणा बनाउन नेकपा समाजवादीले बोलायो बैठक

शुक्रबार, १५ पुस २०७९, २१ : १५
शुक्रबार, १५ पुस २०७९

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

‘मुलत पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन्छ’, खतिवडाले भने, ‘त्यसमा सरकारमा सहभागी हुने नहुने, सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने, वाम एकतामा भइरहेको प्रयास लगायतमा छन् हुन्छ ।’ 

निर्वाचनपछि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा सहभागी भएपछि माधव नेपाल नेतृत्वको नेकपा समाजवादी अलमलमा छ । यद्यपि उसले सरकारलाई समर्थन गर्ने जनाएको छ । तर सरकारमा जाने नजाने भन्ने निर्णय गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप