रणनीति मिलाउन नसक्दा सरकार गुम्यो : कोइराला
शुक्रबार, १५ पुस २०७९, २० : ५५
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।
गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए । उनले भने– “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।” कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस