काठमाडौं फर्कियो नेपथ्य, शनिबार भृकुटीमण्डपमा प्रस्तुति
मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो ।
नेपथ्यको शनिवार काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।
काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्यक्रममा नेपथ्यको ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने ६ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको टिम छ ।
नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुति काठमाडौं उपत्यकामै दिएको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै छ पटक प्रस्तुत भइसकेको छ । भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरूको आश्रय थलो एवं पुनर्स्थापना केन्द्रहरूमै गएर छ पटक कन्सर्ट गरेको थियो । अघिल्लोपटक राजधानीमा नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।
यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुनलागेको हो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो । विराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रह्यो ।
शनिवारको प्रस्तुतिका लागि भृकुटीमण्डप मैदानमा मञ्च बनाउने काम धमाधम सुरु भइसकेको छ । शुक्रवार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परीक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुति अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ ।
‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’
शुक्रवार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा दिउँसो दुई बजे नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीवन शाखामा स्वागत तथा सम्मान गरिएको थियो । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि