आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा
केही दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लब छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।
पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधि जितेको छ । खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।
थपिएको अतिरिक्त समयमा थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९३ हजार डलरको कीर्तिमानी स्तरमा उक्लियो बिट्क्वाइनको भाउ
-
सुदूरपश्चिमको रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार, बिउ जोगाउन सकस
-
रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मङ्सिर तीन गतेलाई पेसी
-
नेपाली फिल्ममा कुनै नयाँ धार देखिन्न
-
अन्तरिक्षमा तीव्र गतिमा घट्दैछ सुनिताको तौल ?
-
नवराज अर्याल परिवारको जिम्मा जमानीमा रिहा