निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् ।
उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए । भट्टराईले राज्यका कतिपय निकायहरूले विमानस्थलको विषयमा बुझ्न नसकेको बताए । उनले वातावरण सम्बन्धी चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुरहेको बताए । सांसद भट्टराईले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताए । उनले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको भन्दै न्यायको निरुपण गर्नेले पुतली गरिरहेको उल्लेख गरे ।
त्यस्तै,पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए । उनले सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने बताए । उनले सरकारले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने बताए । उनले हवाई उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको बताए । उनले नेपालमा हवाई उडान क्षेत्रको धेरै ठूलो महत्व रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला