जे एण्ड जे हेल्थ एकेडेमीबाट दुई सय ज्येष्ठ नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा (भिडियोसहित)
![जे एण्ड जे हेल्थ एकेडेमीबाट दुई सय ज्येष्ठ नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा (भिडियोसहित)](https://rpcdn.ratopati.com/media/albums/j-n-j3_RagKJvKiIi.jpg)
काठमाडौं महानगरपालिका– ११ मा ‘जे एण्ड जे हेल्थ एकेडेमी’को सहयोगमा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार थापाथलीस्थित जे एण्ड जे हेल्थ एकेडेमी क्लिनिकमा करिब दुई जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
विगत ६ वर्षदेखि स्वास्थ्य सेवा दिइरहेको जे एण्ड जे एकेडेमी क्लिनिकले विगत दुई महिनादेखि थापाथलीमा सेवा दिँदै आएको छ । क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न वडा नम्बर ११ का दुई सय जना ज्येष्ठ नागरिक पुगेका थिए । निःशुल्क सेवा लिनेहरुले मधुमेह, ब्लडप्रेसर, थाइराइड, पेटसम्बन्धी विभिन्न समस्याबारे सेवा लिएका थिए ।
यस्तै, हाडजोर्नी, स्त्रीरोग, क्यान्सरका बिरामी र गर्भवतीहरुले समेत सेवा लिएका छन् । जाडोका कारण भएको ज्वरो, रुघाखोकी, श्वासप्रश्वासको समस्या भएका ज्येष्ठ नागरिक पनि शिविरमा आएर सेवा लिएका छन् । निःशुल्क शिविरमा जाडोमा देखिने समस्या र कोभिड–१९ सङ्क्रमणबाट कसरी जोगिने भन्नेबारे परामर्श दिइएको थियो ।
‘स्वस्थ जीवन नै सुखी जीवन’
क्लिनिकका प्रमुख डाक्टर रोशन कुमार झाले सहरका नागरिकको चेनतास्तर धेरै हुन्छ भन्नु अर्धसत्य भएको बताए । सहरमा शिक्षित नागरिक बस्ने हुँदा सामान्य रोगबारे जानकार हुन्छन् भनेर अनदेखा गर्न नहुने उनको भनाइ छ । ‘धेरैलाई लाग्न सक्छ काठमाडौं भनेपछि यहाँ शिक्षित नागरिक बस्छन् भन्ने हुन्छ तर, त्यो पूर्णसत्य होइन । यहाँ हुने खाने, बुझ्ने वर्गमा पनि ब्लड प्रेसरको औषधि खानुपर्छ भन्ने जानकारी रहेनछ । त्यस्ता बिरामीलाई टार्गेट गरेर शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘प्रेसर जस्तो साइलेन्ट किलरले एक पटक घटना घटायो भने के गर्ने ?’ शिविरमा ७ जना डाक्टर, नर्स, सहयोगीसँगै ४० जना खटिएका उनले बताए ।
क्लिनिक भनेको नाफामुलक हुन्छ, सर्वसाधारणको पहुँच हुँदैन भन्ने आमधारणा रहेको डा. झा सुनाउँछन् । यद्यपि जे एण्ड जे एकेडेमीले विगत ६ वर्षदेखि कोरोना महामारीमा समेत मागेर खानेदेखि लिएर करोडपतिलाई समेत सेवा दिँदै आएको उनको भनाइ छ । पैसा तिर्न सक्ने र पैसा तिर्न नसक्नेको बीचमा उपचारमा भेदभाव नगरी विगत ६ वर्षदेखि उपचार सेवा दिइरहेको डा. झाको जिकिर छ । उनले भने, ‘उपचार गर्न पैसा नभएका बिरामी आएको खण्डमा रगत जाँच लगायत एक महिनाका लागि औषधि दिएर पठाउँछौँ ।’
जे एण्ड जे एकेडेमीको मुख्य उद्देश्य नै हुनेसँग लिने, नहुनेलाई निःशुल्क सेवा दिने गरेको उनले प्रस्ट पारे । ‘जो मान्छेसँग पैसा नै छैन, हामी त्यहाँ गयो भने हामीले पनि उपचार पाउन सक्छौँ भन्ने बनाउनका लागि सक्दो सेवा दिइरहेका छौँ । क्लिनिक कुनै संघसंस्थासँग आवद्ध नभए पनि उपचार गर्न आउने हुनेखानेले तिरेको केही पैसाको च्यारिटी गर्दै आएका छौँ । बिरामीकै पैसाबाट च्यारिटी गर्ने हो,’ उनले भने,
जे एण्ड जे हेल्थ एकेडेमी क्लिनिकका सेवाहरु
सामान्यतया कुनै पनि बिरामीलाई रोगबारे अन्योल भएमा, रोग नै पत्ता लागेन, गाह्रो परिस्थिति भएका र रिपोर्टमा केही पनि समस्या नदेखिएको तर, स्वास्थ्य समस्या देखिरहने बिरामीको उपचारका लागि लक्षित गरी सेवा दिइने उनले बताए । पहिला पुरुषहरुमा देखिने विभिन्न समस्याको उपचार गर्दै आएको तर अहिले बच्चादेखि वृद्धवृद्धासम्मलाई सेवा दिइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना