माओवादी केन्द्र बागमती प्रदेशको बैठक स्थगित, भोलि पुनः बस्ने
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि शनिबारसम्मका लागि स्थगित भएको हो ।
शनिबार दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो ।
दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । यद्यपि दलको नेतामा पूर्वमन्त्री युवराज दुलाल शरद र गंगानारायण श्रेष्ठको पनि दाबी रहेको छ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको जनाइएको छ ।
दलको नेताका लागि भएको छलफलमा जम्मकट्टेललाई सर्वसम्मत गर्न शरदको प्रस्ताव रहेको माओवादी केन्द्रका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहेतर सम्बन्धले निम्त्याएको अपराध : चार वर्षमा ३३ जनाको हत्या
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा