शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘हवाई उड्डयन नीति परिमार्जन गर्नुपर्ने विषय उठेको छ’

शुक्रबार, १५ पुस २०७९, १८ : १५
शुक्रबार, १५ पुस २०७९

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर पस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले  नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले  हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् ।  

उनले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताए । उनले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भएपनि निष्कर्षमा नपुगेको बताए । मुख्यसचिव बैरागीले नियमन निकाय नियम,कानूनको पालना भए, नभएको हेर्ने महत्वपूर्ण खम्बा भएको बताए । उनले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने बताए । उनले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचको साथ बनाएको बताए ।

मुख्यसचिव बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताए । उनले निजगढ विमानस्थलको विषयमा धेरै बहस भएपनि निस्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको बताए ।  

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताए । महानिर्देशक अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताए । उनले अहिले निगमले हवाई इन्धनमा ७८ रूपैयाँ नाफा लिँदै आएको बताए । महानिर्देशक अधिकारीले हुम्ला, जुम्ला, सिमीकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने जिकिर गरे ।  

उनले नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएको बताए । उनले हवाई क्षेत्रको विकास सरकारको हवाई नीतिको कारण हुन नसकेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप