आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिग : पोखराको पहिलो जित

शुक्रबार, १५ पुस २०७९, १७ : ४३
शुक्रबार, १५ पुस २०७९

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा १८० रनको लक्ष्य पोखराले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पोखराका लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाए । फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाश जैशीले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनायो । फार वेस्टका लागि देव खनालले ३३ रन बनाए । त्यस्तै उमर अलिले २२ रन बनाउँदा रशिद खानले ३२ रन बनाए ।

पोखराका लागि जाहिर खानले ३ विकेट लिए । त्यस्तै तुल बहादुर थापा र अमिर हम्जाले समान २/२ विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए । पहिलो जित निकालेको पोखरा ६ खेलमा २ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । फार वेस्ट ५ खेलमा २ अंकसहित अंक तालिकाको पुछारमा झरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप