सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

शुक्रबार, १५ पुस २०७९, १७ : २९
शुक्रबार, १५ पुस २०७९

सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् । 

उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप