शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ८ सय बढीको स्वास्थ्य परीक्षण

शुक्रबार, १५ पुस २०७९, १७ : ०३
शुक्रबार, १५ पुस २०७९

रुपन्देहीको सियारी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।

सियारी गाउँवासीलाई स्वस्थ राख्ने उद्देश्यले गाउँपालिको वार्ड  २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रस्तुति सेवा तथा बालरोग सेवा र आँखाको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।

रोगका विषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिविर प्रभावकारी बन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरूप स्वास्थ्य शिविर राखिएको बताए । शिविरमा आउन नसक्ने ज्येष्ठ नागरिक तथा अशक्त र असहाय नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा दिँदै आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप