बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

सेयर बजारमा उल्लासमय साता : १६१ अंकले नेप्से बढ्दा १० अर्बमाथिको कारोबार

शुक्रबार, १५ पुस २०७९, २१ : ३१
शुक्रबार, १५ पुस २०७९

सेयर बजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बड्दै २०३० को हारहारीमा पुगेको छ भने १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक  १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन महिनापछिकै उच्च हो । गत अगष्ट २६, २०२२ मा २०२२ अंकमा रहेको नेप्से सूचक त्यसयता निरन्तर घट्दै १८३७ अंकसम्म झरेको थियो । यद्यपि, पछिल्लो साता सेयर बजारमा आक्रामक वृद्धि हुँदै एक किसिमको क्रान्ति नै हुन पुगेको छ ।

अघिल्लो हप्ताको बिहीबार अर्थात् डिसेम्बर २२ मा ०.०११९ अंकले घट्दै १८६७.२३ विन्दुमा अडिएको नेप्से सूचक डिसेम्बर २९ सम्मा १६१ अंकले बढ्दै २०२९.०३ विन्दुमा पुगेको छ । यस साताको बुधबार ११.८०६३ अंकले बाहेक अन्य तीन दिन नै नेप्से सूचक उच्च अंकले वृद्धि भएको छ । 

सफलताको श्रेय अर्थमन्त्रीलाई
उसो त यस साताको अनपेक्षित नेप्से सूचकको वृद्धिलाई नयाँ सरकार र अर्थमन्त्रीसँग जोडेर बजारले हेरेको छ । तीनै तहको निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै अर्थमन्त्रीमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल आएका छन् । तेस्रोपटक पुनः अर्थमन्त्रीकै रुपमा अर्थ मन्त्रालयमा पौडेलको प्रवेश भएसँगै सेयर लगानीकर्ताहरु उत्साहित हुँदा बजारले कोल्टे फेरेको विश्लेषण गरिएको छ । 

यद्यपि, मुलुकमा अझै विद्यमान तरलता संकट, उच्च ब्याजदर, मार्जिन लेन्डिङको नियन्त्रित सीमाका कारण सेयर बजारको आशातीत सफलता हासिल हुनेमा बजारको शंका कायमै रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप