बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बिच भलिबलमा नेपाल उपविजेता

शुक्रबार, १५ पुस २०७९, १५ : ५७
शुक्रबार, १५ पुस २०७९

बंगलादेशमा भएको काभा बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

बंगलादेशको कक्स बजारमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपाललाई माल्दिभ्सले २१–१३ र २१–१९ ले हराएको हो । यसअघि नेपालको महिला बिच भलिबल टोली दोस्रो भएको थियो । नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी उपविजेता बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप