शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

शुक्रबार, १५ पुस २०७९, १५ : ५४
शुक्रबार, १५ पुस २०७९

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पुनः निर्वाचित प्रदेशसभा सदस्य सोडारीलाई दलको नेता चयन गरिएको हो ।

शुक्रबार पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । 

त्यस्तै, बैठकले दलको उपनेतामा कञ्चनपुरबाट निर्वाचित प्रकाश रावललाई चयनको गरेको छ, भने बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक चयन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप