बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गोंगबुबाट ९ जना जुवाडे पक्राउ

शुक्रबार, १५ पुस २०७९, १५ : ३४
शुक्रबार, १५ पुस २०७९

काठमाडौंको गोंगबुबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् । जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा,  सुर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् ।

जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ६ गड्डी तास पनि बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप