तमु ल्होसारलाई सरकारले दिने आर्थिक सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिवद्धता जनाएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए ।
‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहान्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभूतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा बोलेको थिएँ तर मैले प्रधानमन्त्री छोडेपछि भएन भनेर मलाई सुनाउनुभयो, यो पटक अहिलेसम्म दिएको रकम भन्दा बढि रकम म आफैं दिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल