सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तमु ल्होसारलाई सरकारले दिने आर्थिक सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

शुक्रबार, १५ पुस २०७९, १५ : १६
शुक्रबार, १५ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् । शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिबद्धता जनाएका हुन् । 

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए । ‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभुतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा बोलेको थिएँ तर मैले प्रधानमन्त्री छोडेपछि भएन भनेर मलाई सुनाउनुभयो, यो पटक अहिलेसम्म दिएको रकमभन्दा बढी रकम म आफै दिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप