ज्येष्ठ सदस्य रावलले गराए शपथ ग्रहण, ६ जनाले लिए मातृभाषामा शपथ
![ज्येष्ठ सदस्य रावलले गराए शपथ ग्रहण, ६ जनाले लिए मातृभाषामा शपथ](https://rpcdn.ratopati.com/media/albums/sudur-sadan_XTGolMRiO3.jpg)
सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले शुक्रवार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । त्यसअघि प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए ।
तत्पश्चात् रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । ५३ जना प्रदेश सभा सदस्यहरूमध्ये ६ जनाले आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कैलाश चौधरी, क्षेत्र न। १ (२) का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (२) का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (१) का घनश्याम चौधरी र क्षेत्र नं. ३(२) का खुसीराम डगौरा थारूले थारु भाषामा शपथ लिएका छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिएकी हुन् । उनी कञ्चनपुरकी हुन् ।
शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने