शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खनाल र यादवबीच मिलेर जाने विषयमा छलफल

शुक्रबार, १५ पुस २०७९, १४ : ५९
शुक्रबार, १५ पुस २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ । 

यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए । 'देश एकदमै संगिन अवस्थामा छ । राष्ट्रियतादेखि आर्थिक रूपमा जर्जर अवस्थामा छ । व्यापार घाटा चुलिँदो अवस्थामा छ । युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा देशभक्त कम्युनिस्ट शक्तिहरुबीच एकता र सहकार्य गर्नुपर्छ भन्ने विषयमा छलफल भयो’ खनालले भने,‘कम्युनिस्टहरूले आफूलाई देश भक्त ठान्छन् भने अरू राष्ट्रवादीहरूलाई समेत समेटेर एकताबद्ध बनाउनुपर्छ । मुलुकका यावत समस्याका विषयमा मिलेर सहकार्य गर्नुपर्छ भन्ने विषयमा छलफल भयो ।’ 

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी र जसपा सहभागी नभएकाले एउटा समझदारी बनाएर जाने विषयमा पनि खनाल र यादवबीच छलफल भएको बताइएको छ । जसपाले प्रचण्डलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । एकीकृत समाजवादी भने समर्थन गर्ने वा नगर्ने  भन्ने विषयमै अन्यौलमा छ ।  प्रतिनिधिसभामा जसपाको १२ तथा एकीकृत  समाजवादीको  १० जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप