मधेस प्रदेशको प्रदेश सभामा शपथग्रहणको चहलपहल (फोटोफिचर)
मधेस प्रदेशको राजधानी जनपुरस्थित मधेस भवनमा प्रदेश सभा सदस्यको शपथग्रहणको तयारी पुरा भएको छ । शपथ ग्रहणका लागि उपस्थित प्रदेश सभा सदस्यहरुको कारण आज मधेस भवनमा चहलपहल बाक्लिएको छ । शपथ लिनेमा केही नयाँ अनुहारका छन् भने केही पुरानै अनहार दोहोरिएका छन् ।
प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् । दश दलमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ र जनमत पार्टी प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ, माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी आठ तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी ७ सिट प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट प्राप्त गरेका छन् भने छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग