टेलिग्राम च्याटमा अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा किशोर पक्राउ
शुक्रबार, १५ पुस २०७९, १४ : २७
![टेलिग्राम च्याटमा अश्लिल भिडियो पठाएर पैसा मागेको आरोपमा किशोर पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau-jail-arrest-cartoon_zp61Bu0Zf7.jpg)
सामाजिक संजाल टेलिग्राममा नाबालिगको अश्लील भिडियो पठाएर पैसा मागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ घर भएर काठमाडौंको बुढानिलकण्ठ बस्ने रोजित आले मगर छन् ।
१८ वर्षका रोजितलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले रातोपाटीलाई बताए । आरोपीले सामाजिक सञ्जालको माध्यमबाट प्रेमको नाटक गरेर कुराकानी गर्ने र अश्लील क्रियाकलापको फोटो भिडियो टेलीग्राम च्याट ग्रुपमा पोष्ट गरेर रकम बार्गेनिङ गर्ने गरेका थिए ।
रोजितको सो गतिविधिबाट महिला र नावालिगहरु पीडित भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के बीआरआईको बोझले प्रचण्ड सरकार ढल्न लागेको हो ?
-
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
-
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
-
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ
-
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
-
४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ