सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक जारी

शुक्रबार, १५ पुस २०७९, १४ : १४
शुक्रबार, १५ पुस २०७९

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकबाट दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।

दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको एक नेताले बताए ।

उनले भने–‘सकेसम्म दलको नेता सर्वसम्मत गर्ने तयारी छ यदि सहमति नभएमा चुनाव गर्ने तयारी छ ।’ माओवादी केन्द्र बागमती प्रदेशमा कुल २१ सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप