मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बिन्यामिन नेतान्याहु फेरि इजरायली प्रधानमन्त्री बने, पुटिनले दिए बधाई

शुक्रबार, १५ पुस २०७९, ०९ : ०५
शुक्रबार, १५ पुस २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली राजनीतिज्ञ बेन्जामिन नेतान्याहुलाई इजरायलको प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।​ बिन्यामिन नेतान्याहु विगत दुई वर्षदेखि सत्ताबाट बाहिर थिए ।

तर यसपटक शपथ लिए सँगै उनले हालसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बनेको कीर्तिमान बनाएका छन् ।​ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेन्जामिन नेतान्याहुलाई यो उपलब्धिको लागि बधाई सन्देश पठाएका छन् ।

उनले भने, ‘मलाई आशा छ कि तपाईंको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र दुवै देशका जनताको हितमा रुस र इजरायलबीचको पारस्परिक सहयोगको सम्बन्धलाई सुदृढ गर्दै जानेछ । ’

यस सन्देशमा पुटिनले थपेका छन्, ‘रूसमा, हामी हाम्रा देशहरूबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन तपाईंको व्यक्तिगत र दीर्घकालीन योगदानको उच्च कदर गर्छौं ।’

यस वर्षको सुरुमा रुस–युक्रेन युद्ध सुरु भएदेखि इजरायलले सावधानीपूर्वक तटस्थ अडान अपनाएको छ ।

इजरायलले पनि दुई देशबीचको गहिरो सम्बन्धलाई विशेष प्राथमिकता दिन्छ ।

किनभने पूर्व सोभियत संघका एक करोडभन्दा बढी नागरिक इजरायलमा बस्छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।

उनले आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनबाट बारम्बार हतियारका लागि अनुरोध गर्दा पनि इजरायलले यो माग स्वीकार गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप