शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वर्ग नबिर्सन बौद्धिक वर्गको सांसदलाई सुझाव

शुक्रबार, १५ पुस २०७९, ०७ : ५७
शुक्रबार, १५ पुस २०७९

लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् । 

सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् । 

छलफलमा सहभागीहरूले मन्त्रिमण्डल विस्तारमा लमजुङको पनि प्रतिनिधित्व गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए । जिम्मेवारी दिए जुनसुकै मन्त्रालय कुशलतापूर्वक हाँक्न लमजुङका प्रतिनिधि सक्षम रहेकोमा उनीहरूको जोड रहेको थियो । 

कार्यक्रममा अधिवक्ता द्वय कृष्ण पोखरेल र गुणराज घिमिरे, नेकपा माओवादी केन्द्रको लमजुङ काठमाडौँ सम्पर्क समन्वय समिति अध्यक्ष अर्जुन मगराति, सचिव नारायण नेपाली, योजना विज्ञ​ विपिन धिताल, विज्ञ रामहरि अधिकारी, कृषि पशु विज्ञ डिवि मझाकोटी, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजु लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप